बैंक अफ काठमाण्डू र मोडर्न रेमिट्यान्स बीच रेमिट्यान्स सम्झौता


बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट मोडर्न रेमिट्यान्स मार्फत पठाएको रकम नेपाल भित्र रहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धित ग्राहकले भुक्तानी पाउने छन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।