नेप्सेको प्रमुख कार्यकारी बन्न ११ जनाले दिए आवेदन, यस्तो छ सूची


रिक्त रहेको नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाउनका लागि ११ जनाले आवेदन दिएका छन् । कात्तिक २७ गते अन्तिम मिति राखेर अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते शनिबार परेकाले आज आइतबारसम्म आवेदन लिइएको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि ११ जनाको आवेदन परेको हो । उल्लेखित ११ मध्येबाट पदपूर्ती समितिले ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तीका लागि सिफरिस गर्नेछ ।

महाशाखाका अनुसार नेप्सेका कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल, धितोपत्र बोर्डका पुर्व कर्मचारी जीवन अमगाई, आरबिबि मर्चेण्ट बैंकिङका पुर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरेले नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आवेदन दिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।