कामना सेवा विकास बैंकको अध्यक्षमा दोहोरिए आचार्य, राष्ट्र बैंकमा सपथ


कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य दोरिएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा दोहार्याउने निर्णय गरेको थियो ।

अध्यक्षमा पुनः नियुक्त भएका आचार्यले नेपाल राष्ट्र बैंकमा आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसँग आचार्यले सपथ लिएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।