राष्ट्र बैंकले ब्याजदर तोक्ने काम गरेको छैन, नियमन मात्र गरेको हो: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अब क्रमश तरलताको असहज अवस्था कम हुँदै जाने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा सरकारले खर्च बढाउँदै लगेकाले तरलता सहज बन्दै जाने बताएका हुन ।

गभर्नर अधिकारीले बर्षेनी तरलताको असहजताको अवस्था हुँदै आएकोमा यो साल पनि कर्जाको माग उच्च देखिएकाले तरलता असहज भएको बताए । यद्यपी, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले माग गरे बमोजिमको तरलता सुविधा प्रदान गर्दै आइरहेको उनको भनाई छ ।

साथै उनले पूँजी, कर्जा तथा निक्षेप अनुपात (सिसिडी) लाई खारेज गरेर कर्जा निक्षेप अनुपात (सिडी) कायम राख्ने व्यवस्थाले वित्तीय संस्थाहरुमा क्राइसिस आउनबाट जोगाएको पनि उनले दाबी गरे । यो व्यवस्थाले कुनै समूह विशेषलाई असर पारेपनि समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए ।

सिसिडि रेशियोले ब्याजदरमा दबाव पारेको भन्ने सन्दर्भ गलत रहेको गभर्नर अधिकारीको भनाई छ । अझैपनि औषत ब्याजदर ९ प्रतिशत भन्दा मुनी रहेको उनको भनाई छ । ब्याजदरमा अनावश्यक उतारचढाब हुने कुरालाई राष्ट्र बैंकले नियमन गर्न खोजेको भएपनि ब्याजदर तोक्ने काम राष्ट्र बैंकले नगरेको पनि प्रष्ट्र पारे । ब्याजदर तोक्ने काम बैंकहरुलाई नै भएको उनले बताए । यद्यपी माइक्रोफाइनान्सहरुको ब्याजदरको क्याप तोक्ने काम गरिएको भने उनले बताए ।

असोजदेखि सरकारका खर्चहरु बढ्दै गएकाले पनि अवस्था सहज हुँदै जानै बताए । बाह्यक्षेत्रहरुमा पनि सुधार हुँदै गएको उनको भनाई छ । रेमिट्यान्समा आएको कमीले शोधान्तरमा केहि दबाब पर्न गएको बताउँदै यो वर्ष मूल्यवृद्धिमा केहि चाप पर्ने उनको भनाई छ ।

कोभिडकै बीचमा पनि विश्वअर्थतन्त्र सकारात्मक बताउँदै एशियाली मुलुकहरुमा पनि राम्रो हुँदै गएको बताए । नेपालको अर्थतन्त्रको रिकभरी पनि आशलाग्दो रहेको बताए । अहिले जसरी रिकभरी भइरहेको त्यस अनुसार राम्रो ग्रोथ हुने उनको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।