‘मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ’ : अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक अन्तरकृया तथा नाफिज जर्नल अर्थचित्रको बिमोचन गर्दै अर्थमन्त्री शर्माले बजेट र बजेट प्रणाली समस्यामा रहेको बताएका हुन् ।

राजनीतिक नेतृत्वमा व्यवस्थापकीय क्षमताको अभाव खड्किएका कारण विकास निर्माणको नतिजा अपेक्षित हुन नसकेको बताएका उनले स्रोतको उचित व्यवस्थापन गर्न नसक्दा बजेट प्रणाली नै समस्यामा परेको बताएका हुन् ।

राजस्वले चालू खर्च धान्न मुस्किल परिरहेको बताएका उनले कोभिड पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रका सहुलियतका अपेक्षाहरु पुरा हुन नसकेको बताए । यसका लागि प्रयास जारी रहेको बताउँदै मन्त्री शर्माले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण भएको बताए । ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर अघि बढ्न पनि मन्त्री शर्माले निजी क्षेत्रलाई आग्रह गरे ।

साधन, स्रोत, पूँजी र बजारको अभाव नभएको अवस्थामा व्यवस्थापकीय समस्याका कारण आर्थिक कृयाकलाप र विकासका काम प्रभावकारी हुन नसकेको उनले बताए ।

सरकारले निजी क्षेत्रबाट व्यवस्थापकीय ज्ञान सिक्नुपर्ने बताएका मन्त्री शर्माले पुर्वाधार विकासका काममा पनि हातेमालो गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कोभिड पछिको अर्थतन्त्र पुनरुत्थानमा सर्वजनिक नीजि साझेदारीलाई केन्द्रमा रोखर अर्थचित्र नामक जर्नलको प्रकाशन सुरु गरेको हो । उक्त जर्नल अर्थमन्त्री शर्माले बिमोचन गरेका थिए ।

कार्यक्रममा आर्थिक पत्रकारिताका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै नाफिजले आर्थिक अभियान राष्ट्रिय दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान समेत गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।