गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले ९ करोड ९ लाख लाभांश वितरण गर्ने

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड (GMFIL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ९ करोड ९ लाख ४७ हजार ३६८ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्सको मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ३६८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सको सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नियामक निकायम नेपाल राष्ट्र बैंकको स्वीकृत तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.३० गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गरेको थियो । समीक्षाा अवधिमा कम्पनीकाे लाभांश ०.८७ प्रतिशतले घटेकाे हाे ।

हाल फाइनान्सको चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ८ करोड ६४ लाख रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।

यस्तो छ लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 10.00 0.53 10.53
2 2076/2077 8.00 3.40 11.40
3 2075/2076 0.00 6.50 6.50
4 2074/2075 0.00 5.26 5.26
5 2073/2074 15.80   15.80
6 2072/2073 12.00 0.63 12.63
7 2071/2072 15.00 0.79 15.79
8 2070/2071 23.75 1.25 25.00
9 2069/2070 15.00 2.00 17.00
10 2068/206 15.00 0.79 15.79

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।