मेगा बैंकका ग्राहकलाई यस्तो अनुरोध

0
Shares

मेगा बैंक (MEGA) ले डिजिटल माध्यमबाट ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

कोभिड १९ संक्रमणको बढ्दो अवस्थामालाई मध्येनजर गर्दै बैंकमा रहेको खाताको ग्राहक पहिचान विवरण (केवाईसी) आद्यावधिक गर्नका लागि डिजिटल माध्यम प्रयोग गर्न अनुरोध गरेको छ ।

अनलाइन माध्यमबाट केवाईसी छिटो, छरितो र सुलभ तरिकाले अद्यावधिक गर्न सकिने भएकाले यस सुविधा प्रयोग गर्न बैंकले अनुरोध गरेको हो ।

बैंकको वेबसाइट www.megabanknepal.com मा रहेको KYC verificaton link मा क्लिक गरी खुल्ने अनलाइन फारामबाट पनि आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।