आइएमई पे र एभरेष्ट बैंक बिच बैंक लिङ्क गर्न मिल्ने सम्झौता

0
Shares

आइएमई पे र एभरेष्ट बैंक लिमिटेड वीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन् ।

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निः शुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् । आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ ।

यस्तै आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।