बैंकदर २ प्रतिशत बिन्दुले बढ्यो, पुनरकर्जा सुविधामा पनि कडाई

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकदर दुई प्रतिशत विन्दुले बढाएको छ ।

राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ ।

यस्तै राष्ट्र बैंकले ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ ।

मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुनरकर्जा सुविधा हटाउने क्रमशः हटाउदै लैजाने निर्णय गरेको हो । पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ ।  पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ ।

राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधा अन्तर्गत सम्वन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।