एक्सेल डेभलपमेन्ट बैंकको ७० हजार कित्ता संस्थापक लिलामीमा

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।  विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन गर्न पाउने गरी बैंकले पहिलो चरणमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका सेयरधनी शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त संस्थापक ुेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नसक्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सबै सेयर बिक्री हुनेगरी आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।