अवैध विदेशी मुद्रा सहित भारतीय पक्राउ

अवैध विदेशी मुद्रा सहित भारतीय पक्राउ

विभिन्न मुलुकका मुद्रा सहित एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट अवैध विदेशी मुद्रा बाहिरी मुलुकतर्फ लैजान लागेको भारतीय नागरिक राहदानी नम्बर जेड ५३१४७४० बाहक ४५ वर्षीय सतिस परशोत्तम सजनानिलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सजनानिलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिन एरियामा जाँच गर्ने क्रममा ह्याण्ड व्यागभित्र रहेको प्लाष्टिकमा विभिन्न देशका मुद्राहरू सहित पक्राउ गरेको हो ।

उनको साथबाट २० हजार १ सय ५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ, बेलायती पाउण्ड ५, जर्जिया लारी ५०, भारतीय रुपैयाँ १ सय र यूएई दिराम १ हजार ३५५ प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम सहित उनी दुबई जान लागेका थिए ।

बरामद मुद्रा सहित उनलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ फागुन २०७८, बुधबार १८ : ३७ बजे