सीईआबीद्धारा बैंकिङ कुसरका फरार प्रतिवादी जैसवाल पक्राउ

0
Shares

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीईआबी) ले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् ।

उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो ।

त्यसपछि फरार रहेका उनलाई ब्यूरोबाट कपनबाट आइतबार पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।