बैंक अफ रसियाले रिपो मार्फत बैंकिङ्ग प्रणालीमा २.४४ ट्रिलियन रुबल तरलता प्रवाह गर्दै

0
Shares

रुसी केन्द्रीय बैंक (बैंक अफ रसिया) ले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन रिपो मार्फत तरलता प्रवाह गर्ने भएको छ ।

रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरे लगत्तै अमेरिका, बेलायत लगायतका युरोपेली देशहरुले रुसको बैंकिङ प्रणालीमा आक्रामक प्रतिबन्धहरु लगाएका छन् । सो प्रतिबन्धहरुका कारण बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भन्ने उद्देश्यले रुसी केन्द्रीय बैंकले २.४४ ट्रिलियन रुबल अर्थात २१.९८ बिलियन डलर रिपो मार्फत प्रवाह गर्ने भएको छ ।

एक दिने रिपो अक्सनमा सो देशको केन्द्रीय बैंकले ३ ट्रिलियन रुबल रिलिज गर्ने भनिएको थियो । तर रुसी केन्द्रीय बैंकले फाइन–टिउनिङ नीति अवलम्बन गर्दै रिपो अक्सनको सीमा घटाएर रिपो अक्सन र डिपोजिट अक्सन १ ट्रिलियन रुबल बनाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।