एक लाख जना म्यादी प्रहरीको भर्ना खुल्यो

0
Shares

सरकारले आसन्न स्थानीय निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि मंगलबार म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

इच्छुक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्ल्ेख छ । तोकिएको मितिभित्र बिहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।

चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।
चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरुले प्रवेश पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरुले म्यादी भर्नामा प्राथमिकता पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।