नेपाल टेलिकमले ल्यायो होली विशेष डाटा अफर

0
Shares

नेपालभर मनाइने फागु पूर्णिमा तथा होली पर्वको अवसरमा नेपाल टेलिकमले होली विशेष डाटा अफर ल्याएको छ ।

विशेष डाटा अफर अन्तर्गत ग्राहकहरुले रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टासम्मको लागि प्रयोग गर्न पाउने छन् भने रु.९८ मा ६ जीबी डाटा लिई ३ दिन सम्म प्रयोग गर्न सक्ने छन् । यसैगरी रु.२९४ मा १० दिनका लागि ग्राहकहरुले २० जीबी डाटा लिन सक्ने छन् ।

चैत ३ देखि सुरु भएको यो अफर १५ दिन सम्मको अवधिमा मात्रै सीमित हुने छ ।एस्ट्रीक १४१५ एस्ट्रीक ११ ह्यासटेयाग डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी ग्राहकहरुले सो सुविधा प्रयोग गर्न सक्ने छन् ।

नेपाल टेलिकमको विविध डाटा प्याक लिनुहोस् र होलीको रङमा टाढाको आफन्तसँग पनि भर्चुअल रुपमा रङ्गिनुहोस् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।