सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६३६.४३ अमेरिकी डलर र चाँदी ४३.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार १० : ४९ बजे