एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर वितरण

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर वितरण भएको छ ।  बैंकले भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका लगानीकर्ताहरुको बोनस हितग्राही खातामा पठाएको हो ।

उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । चैत १५ गते मंगलबार बैंकको बोनस नेप्सेमा सूचीकृत भएको थियो ।

बैंकको गत असोज १६ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो ।

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भएकाले अब अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको छ ।

यस्तै हालसम्म पनि कागजी (भौतिक) सेयर धारण गरेका सेयरधनीहरुलाई यथशीघ्र उक्त सेयर नजिकको निक्षेप सदस्यकोमा गई अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन बैंकले लगानीकर्तालाई अनुरोध गरेको छ ।

भदौ ३१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ ।

बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।