बिहे गर्ने प्रलोभन देखाएर ४२ लाख रुपैयाँ ठगी

बिहे गर्ने प्रलोभन देखाएर ४२ लाख रुपैयाँ ठगी

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाले विवाह गर्छु भन्ने प्रलोभन देखाएर विभिन्न बहानामा पीडितबाट ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको साँघुटार न.पा. ३ घर भई हाल काठमाण्डौको धापासी बस्दै आएका नबिल भन्ने लोक बहादुर श्रेष्ठ छन् । उनलाई चैत्र २० गते पक्राउ गरिएको हो ।

श्रेष्ठले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विश्वस्त बनाएका थिए । प्रहरीका अनुसार श्रेष्ठले पीडितबाट आफु एकको भन्दै कहिले अस्पताल त कहिले झारफुकका लागि भन्दै आईएमई र सिटी एक्सपे्रसबाट पटक पटक उक्त रकम पठाउन लाएका थिए ।

श्रेष्ठलाई प्रहरीले पीडितले दिएको सूचनाका आधारमा काठमाण्डौको बिशालनगरबाट नियन्त्रणमा लिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत २०७८, मंगलबार ११ : ५८ बजे