घरघरमा सेवा दिँदै आएको भेटायोले ल्यायो मेगा अफरका साथ ‘भेटायो कार्निभल’

0
Shares


विभिन्न घरायासी सेवा प्रदान गर्दै आइरहेको भेटायो एपले विभिन्न सेवा सुविधा सहित ‘भेटायो कार्निभल’ अभियान सञ्चालन गरेको छ ।

ग्राहकहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै भेटायोले नयाँ वर्षको अवसरमा “भेटायो कार्निभल” अभियान सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ग्राहकहरुले आफ्ना व्यवसाय र घरायासी क्षेत्रमा भेटायोको प्रोफेसन्ल सेवा उपभोगमा विशेष छुट पाउने छन् ।

भेटायो एपका प्रयोगकर्ताहरुले भेटायोबाट सेवा लिए वापत २५ प्रतिशतसम्म पैसा जोगाउन सक्ने छन् भने उपभोग गरेको सेवासँगै थप सेवा पनि पाउने कम्पनीकी विजनेस डेभलपमेन्ट अफिसर अन्शु शाक्यले जानकारी दिइन् । उनका अनुसार भेटायोे कार्निभल अन्तर्गतका अफर बन्द भएपछि पनि प्रोमोस्नल समयमा बूक गरिएका सेवा सुविधाहरु प्रयोग गर्न सकिनेछ।

भेटायो एप अन्तर्गत पलम्बिङ, सरसफाइ, पेस्ट कन्ट्रोल, गाडी धुलाइ, लौन्ड्री, भेटनेरी, पार्लर, पेन्टर, इलेक्ट्रीसियन, डिसइन्फेक्सन जस्ता सेवा सुविधाहरु प्रयोग गर्न सकिन्छ । यो नयाँ वर्षमा आफ्नो घर तथा व्यवसायका झन्झटिला कामको जिम्मा भेटायोलाई दिनुहोस् र झन्झट मुक्त भई नयाँ वर्षमा रमाउनुहोस् ।

यी सबै सेवा सुविधा प्रयोगकर्ताहरुले अप्रिल १ देखि करिब ३ महिना सम्मको लागि उपभोग गर्न पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।