काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारदेखि आज आइतबारसम्म भाउ लगातार बढेको हो ।
बिहीबार तोलामा १ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ३ हजार ३०० रुपैयाँले बढेको थियो ।
आइतबार सुन तोलामा २ हजार रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५३.९७ अमेरिकी डलर र चाँदी ४३.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
