चीनमा लकडाउन हुँदा एप्पललाई धक्का, स्मार्ट फोन तथा ल्यापटपको मूल्य वृद्धि हुने

0
Shares

कोभिड–१९का कारण चीनमा लकडाउन हुँदा एप्पलको उत्पादन तथा बिक्रिमा समस्या पुगेको छ । उत्पादन तथा आपूर्तिमा समस्या हुँदा एप्पल तथा अन्य कम्पनीका स्मार्ट फोन तथा ल्यापटपको मूल्य वृद्धि हुने भएको छ ।

पछिल्लो समय यता चीनमा कोभिड–१९ संक्रमण फैलिएको छ । कोभिड संक्रमण नियन्त्रण गर्न देशका विभिन्न सहरमा लकडाउन हुँदा चीनमा हजारौँको सङ्ख्यामा रहेका फ्याक्ट्रिहरु बन्द भएका छन् । यसैगरी लकडाउनका कारण प्रमुख राजमार्ग तथा बन्दरगाहहरु बन्द हुँदा स्मार्ट फोन तथा ल्यापटपहरुको आपूर्ति श्रृङ्खला अवरोध भएको छ । त्यति मात्र नभई स्मार्ट फोन तथा ल्यापटपको सिपिङमै पनि समस्य उत्पन्न भएको छ ।

यसै क्रममा लकडाउनकै कारण एप्पलको साङ्घाइ र कुन्सान स्थित पलान्टहरु बन्द हुँदा आइफोन १३, आइफोन एसई र हरु मोडलका आइफोनको उत्पादन ठप्प भएको छ । यसैगरी एप्पल म्याकबूक उत्पादक क्वान्टा कम्प्यूटर इन्कर्पोशनले पनि उत्पादन फ्याक्ट्री बन्द गर्दा, म्याकबूकको डेलिभरीमा समस्या आउने विश्लेषकहरुको भनाइ रहेको छ ।

चीनको लकडाउनले एप्पलको आपूर्ति श्रृङखलामा कस्तो समस्या पार्छ भन्ने कुराको निर्धारण लकडाउन कति लम्बिन्छ भन्नेले बताउँछ । यसै क्रममा साङ्घाई र कुन्सान जस्ता सहरहरुमा लकडाउन हुँदा एप्पलले सेन्जेन सहरमा रहेको पलान्टबाट उत्पादन बढाउने योजना बनाएको विशेषज्ञहरुको भनाइ रहेको छ ।

लकडाउनका कारण एप्पलको आइफोन उत्पादनमा मासिक ६ लाख देखि १० लाख सम्म कमी आएको रोयटर्सले बताएको छ । यसरी चीनमा लकडाउन हुँदा उत्पादन तथा सिपिङमा समस्या भाग्नु बाध्य कम्पनीहरु डेल, लेनोभो पनि रहेका छन् ।

विश्वव्यापी रुपमा चीपको अभाव भएको समयमा स्मार्ट फोन तथा ल्यापटपको उत्पादन तथा आपूर्ति श्रीङखलामा अवरोध हुँदा स्मार्ट फोन तथा ल्यापटपको मूल्य वृद्धि हुने विश्लेषकहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।