पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

0
Shares

पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी छन्।

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याए बापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो।

राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ। देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ। सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो।

५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यवसायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङ्की लगायत निर्माण सामग्रीको उत्पादन तथा इन्सुरेन्स, हाइड्रोपावर , बैकिङ क्षेत्रमा समेत लगानी गदै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।