सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँड

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला भएको ऋणपत्र बाँडफाँड भएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारण र परिपत्र विधिबाट रितिपूर्वक दरखास्त दिएका आवेदकहरुलाई जेठ १० गते, मंगलबार बाँडफाँड गरिएको जानकारी दिएको छ ।

उक्त ऋणपत्र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो ।

बैंकले एक हजार रूपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोमा कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर मात्र बिक्री भएको हो ।

‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ का लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।