विमानस्थलमा तेलको ट्यांकर पल्टिदा पोखराको सबै उडान अवरुद्ध


पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि मंगलबार बिहानको उडान अवरुद्ध बनेको छ ।

हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेठ २०७९, मंगलबार ०८ : ५२ बजे