प्रि-ओपनिङ्गमा नेप्से ८ लाखको सेयर खरीद बिक्री

0
Shares

बिहीबारको प्रि-ओपनिङ्गमा नेप्से ०.३८ अंकले घटेको छ । बुधबार ७.१९ अंकले घटेको बजार सूचक बिहीबार पनि सामान्य ऋणात्मक देखिएको हो ।

प्रि-ओपनिङ्गमा नेप्से ०.३८ अंकले घटेर नेप्से सूचक २ हजार १३० दशमलव ३५ बिन्दुमा झरेको छ । यस अवधिमा ७ कम्पनी २ हजार ५१७ कित्ता सेयर ८ लाख १८ हजार २०८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ७ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ५ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घटेको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी पूँजीबजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् । यसले लगानीकर्तामा थप उत्साह सञ्चार गर्न सकेको छैन । जसका कारण बजेटपछिका बजार शिथिल बन्दै आएको छ । पछिल्ला तीन दिनमा नेप्से ९० अंक बढीले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।