दक्षिण एशियाका केन्द्रीय बैंकहरुलाई मुद्रास्फीति नियन्त्रण गर्ने नीति ल्याउन गभर्नर अधिकारीको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतीय रिजर्ब बैंक लगायत दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरुसँग छलफल गरेका छन् ।

गभर्नर अधिकारीले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी विश्व अनुभवका बारेमा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुसँग छलफल गरेका हुन् ।

जेठ ११ र १२ गते स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘द बैंक फर इन्टरनेसनल सेटलमेन्ट ‘बिआईएस’ को ९२ औं वार्षिक साधारण सभामा सहभागी दक्षिण  एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरुसँग पछिल्लो समयमा विश्वव्यापी रुपमा बढेको मुद्रास्फीतिका कारण संसारभरका केन्द्रीय बैंकलाई परेको दबाब बारेमा छलफल भएको जनाएका छन् ।

अधिकारीले विगतका आर्थिक एवं वित्तीय संकटको अनुभवबाट पाठ सिक्दै बढ्दो मुद्रास्फीतिलाई समयमै नियन्त्रण गर्ने गरी नीतिगत व्यवस्था अवलम्बन गर्न केन्द्रीय बैंकहरुलाई सुझाव समेत दिए ।

बैठकको सिलसिलामा गभर्नर अधिकारीले बीआईएस इनोभेसन हबका प्रमुख रस लेको र बीआईएस इनोभेसन हब स्विट्जरल्याण्ड केन्द्रका प्रमुख मोर्टेन बेकसँग केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी विश्व अनुभवका बारेमा छलफल गरे । उनले बीआईएस इनोभेसन हबको ओपन हाउसको अवलोकन गर्नुका साथै प्रोजेक्ट रियो, प्रोजेक्ट जुरो, सिंगापुर प्रोजेक्टको लगायतको अवलोकन समेत गरे ।

सो बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कास्र्टेन्सले बीआईएसको वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो समयमा विश्वव्यापी रूपमा बढेको मुद्रास्फीतिका कारण संसारभरका केन्द्रीय बैंकलाई दबाब परिरहेको चर्चा गरे । उनले विगतका आर्थिक एवम् वित्तीय सङ्कटको अनुभवबाट पाठ सिक्दै बढ्दो मुद्रास्फीतिलाई समयमै नियन्त्रण गर्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्न केन्द्रीय बैंकहरूलाई सुझाव समेत दिए ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन्। यसकोमुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।