निर्जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब बीमाशुल्क संकलन, जेठमा मात्रै ३ अर्ब उठ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७८-७९ को एघार महिना अवधिमा नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बैशाखसम्म ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका कम्पनीहरूले जेठमा मात्रै २ अर्ब ९६ करोड १७ लाख रुपैयाँ संकलन गरेका हुन् ।

जेठमा निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६७ हजार १० वटा बीमालेख जारी गरेका छन् । यो संख्या जेठसम्ममा कुल जारी बीमालेख संख्या २५ लाख १५ हजार ३१५ पुगेको छ । उल्लेखित बीमालेख जारी गरेर कुल २० कम्पनीहरूले यस अवधिमा उक्त ३४ अर्ब माथि बीमाशुल्क संकलन गरेका हुन् ।

विसं २०७९ जेठ मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ४० करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जेठ महिनामा मात्रै शिखरले २७ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जेठसम्म निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क रकममा शिखरको हिस्सा १२.९० प्रतिशत छ ।

शिखर पछि दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले जेठमा २० अर्ब संकलन गर्दै २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ संकलन गर्दा नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख र एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

थप १२ निर्जीवन बीमा कम्पनीले २ अर्बभन्दा कम १ अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्दा तीन कम्पनीको बीमाशुल्क संकलन एक अर्बभन्दा कम छ । समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सानिमा जनरल, जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले एक अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

S.N. Non Life Insurance Company Total Premium Collection in Crore
Symbol Issued Policy  FY 2078/79 Eleven Month
1 Shikhar Insurance Co. Ltd. SICL 212188 440.6347
2 Sagarmatha Insurance Co. Ltd. SIC 227913 279.9419
3 Neco Insurance Co. Ltd. NIL 246304 261.2885
4 Siddhartha Insurance Ltd. SIL 211694 224.5378
5 NLG Insurance Company  NLG 175938 210.4951
6 Premier Insurance Co. Ltd. PIC 142040 192.7971
7 Himalayan General Insurance HGI 93581 187.8461
8 Rastriya Beema Company Limited RBCL 46476 170.0024
9 IME General Insurance Ltd. IGI 103287 153.7273
10 Ajod Insurance Company Limited AIL 114535 144.6569
11 Nepal Insurance  NICL 146521 140.6573
12 Lumbini General Insurance LGIL 128650 138.4552
13 United Insurance Co. (Nepal) Ltd. UIC 141616 136.5471
14 Prabhu Insurance Ltd. PRIN 107361 127.8528
15 The Oriental Insurance Company Limited Oriental 30681 122.2223
16 Prudential Insurance Co. Ltd. PICL 122053 120.4833
17 Everest Insurance Co. Ltd. EIC 100183 111.1025
18 Sanima General Insurance Company Limited SGI 78774 90.6878
19 General Insurance Company Nepal Limited GIC 66455 81.7887
20 National Insurance Company Limited  NATINS 21065 80.1575
Total 25,17,315.00 3415.88

 

जेठ मसान्तसम्ममा प्रिमियर इन्स्योरेन्स १ अर्ब ९२ करोड, हिमालयन जनरल इन्स्योरेन्स १ अर्ब ८७ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड, आइएमई जनरल इन्स्योरेन्स १ अर्ब ५३ करोड रुपैयाँ धेरै कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी अजोड इन्स्योरेन्स १ अर्ब ४४ करोड, नेपाल इन्स्योरेन्स १ अर्ब ४० करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स १ अर्ब ३८ करोड, युनाइटेड इन्स्योरेन्स १ अर्ब ३६ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब २७ करोड, दि ओरियन्टल इन्स्योरेन्स १ अर्ब २२ करोड, प्रुडेन्सियल इन्स्योरेन्स १ अर्ब २० करोड र एभरेष्ट इन्स्योरेन्स १ अर्ब ११ करोड रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा सानिमा जनरल इन्स्योरेन्सले ९० करोड ६८ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ८१ करोड ७८ लाख र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कसको बीमालेख संख्या कति ?

चालु आवको दश महिनामा २० निर्जीवन बीमा कम्पनीहरूले कुल २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरेका छन् । यस अवधिमा नेको इन्स्योरेन्सले कुल जारी बीमालेखको ९.७८ प्रतिशत अर्थात २ लाख ४६ हजार ३०४ वटा बीमालेख जारी गरेको छ ।

दोस्रो ठूलो बीमालेख जारी गरेको सगरमाथा इन्स्योरेन्सले २ लाख २७ हजार ९१३ वटा बीमालेख जारी गरेको छ भने शिखरले २ लाख १२ हजार १८८ वटा र सिद्धार्थले २ लाख ११ हजार ६९४ वटा बीमालेख जारी गरेको छ ।

थप १० कम्पनीहरूले १ लाखभन्दा धेरै २ लाखभन्दा कम बीमालेख जारी गरेका छन् । यस अवधिमा एनएलजी इन्स्योरेन्सले १ लाख ७५ हजार, नेपाल इन्स्योरेन्स १ लाख ४६ हजार, प्रिमियर इन्स्योरेन्स १ लाख ४२ हजार र युनाइटेड इन्स्योरेन्सको बीमालेख संख्या १ लाख ४१ हजार भन्दा बढी छ ।

 

S.N. Non Life Insurance Company Total Premium Collection in Crore
Till 2079 Jestha Only Issued Policy Till Jestha 2079
1 Neco Insurance Co. Ltd. 16699 246304
2 Sagarmatha Insurance Co. Ltd. 13744 227913
3 Shikhar Insurance Co. Ltd. 14589 212188
4 Siddhartha Insurance Ltd. 12647 211694
5 NLG Insurance Company  11435 175938
6 Nepal Insurance  8488 146521
7 Premier Insurance Co. Ltd. 9557 142040
8 United Insurance Co. (Nepal) Ltd. 7314 141616
9 Lumbini General Insurance 8550 128650
10 Prudential Insurance Co. Ltd. 8184 122053
11 Ajod Insurance Company Limited 9229 114535
12 Prabhu Insurance Ltd. 7844 107361
13 IME General Insurance Ltd. 7258 103287
14 Everest Insurance Co. Ltd. 6849 100183
15 Himalayan General Insurance 8718 93581
16 Sanima General Insurance Company Limited 5169 78774
17 General Insurance Company Nepal Limited 4074 66455
18 Rastriya Beema Company Limited 2692 46476
19 The Oriental Insurance Company Limited 1901 30681
20 National Insurance Company Limited 2069 21065
Total 1,67,010 25,17,315

 

यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सले १ लाख २८ हजार, प्रुडेन्सियल इन्स्योरेन्स १ लाख २२ हजार, अजोड इन्स्योरेन्स १ लाख १४ हजार, प्रभु इन्स्योरेन्स १ लाख ७ हजार, आईएमई जनरल १ लाख ३ हजार र एभरेष्ट इन्स्योरेन्सले १ लाख बढी बीमालेख जारी गरेको छ ।

यस अवधिमा हिमालयन जनरल, सानिमा जनरल, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले एक लाखभन्दा कम संख्यामा बीमालेख जारी गरेका छन् ।

सबैभन्दा कम सङ्ख्यामा बीमालेख जारी गरेको नेशनल इन्स्योरेन्सले जम्मा २१ हजार ६५ वटा मात्र बीमालेख जारी गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स ३० हजार ६८१, र तेस्रो कम सङ्ख्यामा बीमालेख जारी गरेको राष्ट्रिय बीमा कम्पनीले ४६ हजार ४७६ वटा बीमालेख जारी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।