राजश्व छुटमा ४१ अर्बको स्वास्थ्य सामग्री आयात, सेवाग्राहीलाई छैन सहुलियत

0
Shares

आर्थिक वर्ष २०७७-७८ मा साढे तीन सय स्वास्थय संस्थाले राजश्व छुटमा करिब ४१ अर्ब मूल्य बराबरको स्वास्थ्य उपकरण आयात गरेको पाइएको छ । महालेखाका अनुसार सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वास्थ्य उपकरण पैठारीमा राजश्व छुट प्रदान गरेको हो ।

स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले काभिडको समयमा मापदण्ड अनुसार सूचीकृत औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल छुट सुविधा प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७।७८ मा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले ३५९ स्वास्थ्य संस्थालाई ४० अर्ब ८१ करोड ८२ लाख मूल्यको स्वास्थ्य उपकरण पैठारीमा राजस्व छुटको सिफारिश गरेको महालेखाले जनाएको छ ।

तर, यस्ता उपकरण तथा स्वास्थ्य सामग्रीको उपयोग गरी सेवा प्रवाह गर्दा सेवाग्राहीले सहुलियत प्राप्त गरेको सम्बन्धमा अध्ययन नभएको जनाएको छ । महालेखाले सेवाहीग्राहीहरुले ती स्वास्थय संथाबाट सहुलियत पाए नपाएको बारे अध्ययन गर्न स्वास्थय मन्त्रालयको ध्यानकर्षण गराएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।