‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउनमा पनि सञ्चालन हुने

0
Shares

एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि ल्याएको निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई साउन महिनामा पनि सञ्चालन गर्ने भएको छ ।

व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकलाई लक्षित गरी ल्याइएको योजनामा सहभागि हुनेको संख्या धेरै भएका कारण साउनमा पनि सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।

योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने विज्ञप्तिमा उल्लेख छ । निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।