अमेरिकालाई पछ्याउँदै हङकङको केन्द्रीय बैंकले पनि बढायो ब्याजदर

0
Shares

हङकङ केन्द्रीय बैंकले ओभरनाइट डिस्काउन्ट वीन्डोको माधयमबाट ०.७५ प्रतिशतले औसत ब्याजदर बढाएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.७५ प्रतिशतले औसत ब्याजदर बढाएको केही समयपछि नै हङकङ केन्द्रीय बैंक हङकङ मोनिटरी अथोरिटीले बयाजदर बढाएको हो ।

हङकङको मुद्रा अमेरिकासँग पेग भएको हुँदा अमेरिकाले औसत ब्याजदर बढाउँदा डलर थप शक्तिशाली र अरु पेग गरिएका मुद्रा कमजोर हुने भएका कारण हङकङले उक्त कदम चालेको हो ।

हङकङ केन्द्रीय बैंकका प्रमुख कार्यकारी इडी युइले ओभरनाइट र अन्तरबैंक ऋणदर अझ छिटो बढाउनु पर्ने बताएका छन् ।

हङकङ डलर प्रणालीबाट बाहिरिएको डलरलाई ब्याजदर वृद्धिले सन्तुलनमा राख्ने र हङकङको मुद्रा बढ्न र अमेरिकी डलरसँग हङकङ डलरको सन्तुलन कायम राख्न सघाउने इडी युइले बताएका छन् । उनले अमेरिकी डलर र हङकङ डलरबीचको विनिमय एक अमेरिकी डलर बराबर ७.७५–७.८५ हङकङ डलरमा कायम राखने बताएका छन् ।

बिहीबार १ अमेरिकी डलर बराबर ७.८५ हङकङ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।