हिमालयन बैंकले सञ्चालनमा ल्यायो थप दुई नयाँ कार्ड, यस्ता छन् विशेषता

0
Shares

हिमालयन बैंकले अमेरिकन एक्सप्रेस कार्डसँगको सहकार्यमा दुईवटा नयाँ कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले अमेरिकन एक्सप्रेस कार्डसँगको सहकार्यमा क्रेडिट कार्ड र प्रिपेड कार्ड सञ्चालनमा ल्याएको हो ।

बैंकले लञ्च गरेको क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिदकर्ताका लागि उपयोगी हुनेछ ।

यस्तै प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विधार्थी तथा अन्य यात्रीहरु लक्षित गरी जारी गरिएको बैंकले जनाएको छ । उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाउनेछन् । यसले कार्ड प्रयोगकर्ताले आफ्नो खर्चहरु व्यवस्थापन गर्न सहजता प्राप्त गर्नेछन् ।

कार्डको लञ्च गर्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणाले अमेरिकन एक्सप्रेससँग लामो समयदेखिको सम्बन्ध गरेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताए । यो साझेदारीले सम्बन्धलाई निरन्तरता दिन सकेकोमा उनले खुशी व्यक्त गरे ।

अमेरिकन एक्सप्रेस दक्षिण एशियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा दुईवटा कार्डहरुको सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए ।

उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताइएको छ । जसमा आकर्षक नगद फिर्ता र भ्रमण र खरिदमा लाभ पाउन सकिनेछ ।

कार्ड प्रयोगकर्ताले के-कस्ता पाउँछन् लाभ ?

१. हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट काड

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा प्रतिवर्ष तीन हजार नेपाली रुपैयाँसम्म नगद फिर्ता (क्यासब्याक) प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलका तर्फबाट १ रात निःशुल्क प्राप्त गर्न सक्नेछन्, युनाइटेड कलरस अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत, छुट, स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्मा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने जनाइएको छ । साथै यस कार्ड प्रयोगकर्ताहरुले संसारभरीका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्, डब्लुडब्लुडब्लु डट रेन्टलकार्स डट कमबाट बुकिङ्ग गर्दा १० प्रतिशत छुट र एभिस कार्समा बुकिङ्ग गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 

२. हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा प्रति वर्ष २ हजार ४०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

प्रिपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशतसम्मको छुट, मिसियोमा ३३ प्रतिशत छुट र डब्लुडब्लुडब्ल डट बुकिङ्ग डट कममा ४० प्रतिशतसम्मको छट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।