क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको ध्यानाकर्षण, भेटिए कारबाही

0
Shares

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता कारोबार गैर कानुनी रहेको भन्दै त्यसमा संलग्न नहुन ध्यानाकर्षण गराएको छ ।

केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको हो ।

बैंकले सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै २०७४ साउन २९ गते र २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचना जारी गरेको समेत जनाएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सिहरुले कुनै पनि भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैंकल ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पिरामिडमा आधारित नेटवर्ककिङ मार्केटिङ तथा हाइपर फण्ड को कारोबार गर्ने गराइने गरेको पाइएमा, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

नेपालमा विदेशी विनिमय मुद्राको रुपमा भर्चुअल करेन्सी।क्रिप्टोकरेन्सीले मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंक निष्कासन नगरेको तथा कुनैपनि सुरक्षण नभएको काराण क्रिप्टोको कारोबार गैरकानुनी भएको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।