चाडबाडले रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार

0
Shares

चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप बाहिरिए पनि भदौको तेस्रो सातामा आएर भने सुधार भएको छ ।

दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरु नजिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरुको निक्षेपमा समेत सुधार आएको हो ।

भदौको तेस्रो सातामा बैंकिङ् प्रणालीमा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले एक अर्ब ६७ करोड कर्जा परिचालन गरेका छन ।

भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३७ अर्ब निक्षेप रहेको छ भने यस अवधिसम्म ४१ खर्ब ८१ अर्ब कर्जा लगानी गरेका छन । साउनको अन्त्यसम्म बैंकहरुमा ४४ खर्ब ३३ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले ४१ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका थिए ।

नेपालीहरुको ठूला पर्व तीज, दसैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिएकाले रेमिट्यान्स आप्रवाहमा सुधार आउँदा बैंकहरुमा निक्षेप थपिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५० खर्ब ३५ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब १० अर्ब कर्जा परिचालन गरेका छन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।