अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतार–चढाव देखिएको छ । बुधबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको तेलको मूल्यमा बिहीबार र शुक्रबार वृद्धि भएको छ ।
शुक्रबार पनि कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । यद्यपि प्रतिब्यारल कच्चा तेलको मूल्यमा ९० डलरभन्दा तल नै कारोबार भइरहेको छ । शुक्रबार ब्रेन्ट आयल ०.५७ प्रतिशत वा ०.५१ डलरले बढेर प्रतिब्यारेल ८९.६८ डलरमा कारोबार भएको देखिएको छ । त्यस्तै डब्ल्यूटीआई प्रतिब्यारेल ८३.५ डलरको आसपासमा कारोबार भइरहेको छ ।
बुधबार तेलको भाउ ८ महिनायताकै न्यून स्तरमा पुगेको थियो । चीनमा शून्य–कोभिड नीतिमा बढेको जोड र बन्दीबीच विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदरमा गरेको आक्रामक वृद्धिले तेलको भाउमा गिरावट आएको हो । जसका कारण गत बुधबार कच्चा तेलको मूल्य आठ महिनाकै न्यून बिन्दुमा झरेको थियो । तर, बिहीबार र शुक्रबार भने कच्चा तेलमा मूल्यमा सुधार देखिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
