नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांंश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।