हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम

0
Shares

हिमालयन बैंकको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट बुधबार कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।

बैंकले गत भदौ १५ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र छोटो अवधिमा बिक्री हुन नसकेपछि भदौ २९ गतेसम्मका लागि म्याद बढाइएको थियो ।

हिमालयन बैंकले भदौ १५ देखि २ अर्ब ५० करोड रुपैयाँ मूल्यका २५ लाख कित्ता इकाई ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले लगानीकर्तालाई वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी सो ऋणपत्रको बुधबारदेखि बिक्री खुला गरेको हो । बैंकले जारी गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ को अवधि ७ वर्षको रहेको छ ।

कुल निष्काशनको ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता इकाई ९५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि समेत० खरिदका लागि सर्वसाधारणहरुले माग गर्न सक्नेछन् । ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

लगानीकर्ताले प्रतिकित्ता इकाई १ हजार रुपैयाँ अंकित मूल्यका दरले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ ।
ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर लगातार ७ वर्षसम्म पाउनेछन् । बजारको ब्याजदर जे भएपनि तोकिएको ब्याजदर ऋणपत्रका लगानीकर्ताले पाउनेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।