कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणा सम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

0
Shares

कुमारी बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ०५ दिनमा १५ गुणा, ८ बर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा तथा १९ बर्ष ९ महिना १६ दिनमा १०० गुणा वृद्धि योजना सार्वजनिक गरेको हो।

यस रिकरिङ्र्ग योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ । कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।