प्रभु बैंकको नयाँ योजना, ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’

0
Shares

प्रभु बैंकले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ योजना सार्वजनिक गरेको छ ।

बैंकले विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत प्रदान गर्ने भएको छ । यो हाल बैंकहरुले रेमिट्यान्स बचतमा प्रदान गरिरहेको सबैभन्दा उच्च ब्याजदर हो ।

त्यस्तै बैंकले प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ ।

यो योजना आगामी असोज १ देखि लागु हुने जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।