‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ मा एक करोड एक लाखसम्मको बीमा सुविधा

0
Shares

मुक्तिनाथ विकास बैंकले नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्डमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा दिने भएको छ । साथै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिन मा न्यूनतम एक लाख मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल १ करोड १ लाख सम्मको बीमा सुविधा दिने भएको छ भने विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकको भनाई छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।