क्लासिक टेकले ल्यायो बडा फेस्टिबल अफर

0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँको अवसरमा ‘बडा फेस्टिबल’ अफर ल्याएको छ।

कम्पनीका अनुसार न्यूनवर्गीय मानिसहरुलाई लक्षित गरी सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक शुल्क ७ सय ४१ रुपैयाँमा प्रदान गरिएको हो।

आईपीटीभी मासिक १ सय ५० रुपैयाँमा आउने कम्पनीले जनाएको छ।

त्यस्तै भिडिओकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पाउने कम्पनीले जनाएको छ।

भिडिओकन स्मार्ट टिभीका विशेषता फ्रेमलेस डिजाइन, १८० डिग्री भ्युइङ एंगल, १ जीबी ¥याम र ८ जीबी रोम तथा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

यसबाहेक एचडीएमआई, वाइफाइ/एथरनेट, यूएसबीका लागि तीनवटा पोर्ट हुने र एन्ड्रोइड भर्सन ९.० रहनेछ भने २० वाटको स्पिकर र टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाइनेछ।

डिस्प्ले (१९२X १०८०) र प्यानेल रेटिङ डीएलईडी एप्लस प्यानेल डट फ्रि रहेको छ। ३२ इन्चको एलईडी टिभीको मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्च स्मार्ट टिभीको मूल्य मात्र २५ हजार ६६३ पर्नेछ।

यसमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।

ग्राहकले बजार मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा यो बन्डल अफर पाउनसक्ने क्लासिक टेकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।