हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन

0
Shares

हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । बैंकले गत बिहिबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याएको हो ।

यस क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिनेछ ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।