‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ मा एक करोडको बीमा सुविधा, १५ बैंकिङ्ग सेवामा छुट

0
Shares

‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बैंकले नेपालमै पहिलो पटक सर्वाधिक बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकले मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम र गोल्ड गरी दुई प्रकारका यस्ता खाता संचालनमा ल्याएको छ । मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनमा बैंकले १ करोड १ लाख र मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्डमा ५१ लाख बीमा सुविधा प्रदान गर्ने बैंकका प्रमुख संचालन अधिकृत तिल बहादुर गुरुङले जानकारी दिए ।

प्लाटिनम खाता न्यूनतम एक लाख मौज्दात राखेर संचालन गर्न सकिनेछ । जसमा बैंकले बार्षिक १० प्रतिशत ब्याजदर दिनेछ । यो खाता खोल्ने खातावालाले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुलाई ८० लाख गरी कुल १ करोड १ लाख सम्मको बीमा सुविधा पाउने गुरुङले बताए ।

यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु सकिनेछ । उक्त खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन । यो खातामा पनि बैंकले बार्षिक १० प्रतिशत ब्याजदर दिने जनाएको छ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने उनको भनाई छ। यसका साथै निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिंग, निःशुल्क डिम्याट खाता लगायतका विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ल्याएको आर्कषक योजनाले बैंकमा नयाँ खाता खोल्ने क्रम समेत बढेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात असारमसान्तसम्म १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो।

बैंकले असारमसान्तसम्ममा एक खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप उठाएर ८६ अर्ब ९० करोड १९ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप २०.४३ प्रतिशत तथा कर्जा १९.१८ प्रतिशतले बढेको हो ।

बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्ममा १३ करोड ५४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।

हाल बैंकले देशभरका रहेका १७७ शाखा, २१ एटिएम मार्फत १० लाख बढी ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकमा हालसम्म १६ लाख बढी खाता संचालनमा रहेका छन।

मुक्तिनाथ विकास बैंक यसैवर्ष वल्र्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वल्र्ड ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । विभिन्न ६ विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी उक्त संगठनले बैंकलाई सम्मानित गरेको हो।

मुक्तिनाथ विकास बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’को एसएमई फाइनान्सिअर अफ दि इयर–एसिया विधामा पनि बैंक सम्मानित भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।