हाउजिङ र स्टक मार्केट आकाशिएपछि एक वर्षमै थपिए ५२ लाख करोडपति

0
Shares

विश्वव्यापी रुपमा करोडपतिको सङ्ख्या ह्वातै बढेको छ ।

हाउजिङ र स्टक मार्केट आकाशिएका कारण करोडपति बन्नेहरुको सङ्ख्या वृद्धि भएको हो।

गत वर्ष मात्रै ५२ लाख मानिसहरु करोडपतिको सिढी चढ्न सफल भएका छन् । क्रेडिट सुइस्सेको पछिल्लो वार्षिक सम्पत्ति प्रतिवेदनका अनुसार गत वर्ष ५२ लाख मानिसहरु करोडपति बनेका छन् । करोडपति क्लबमा प्रवेश गरेका मानिसहरुको कुल सङ्ख्या मध्ये आधा सङ्ख्या अमेरिकी नागरिकहरुको रहेको छ ।

२१ औँ शताब्दीका वर्षहरु मध्ये सन् २०२१ मा करोडपति बन्नेहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । ५२ लाख मानिसहरु करोडपति क्लबमा प्रवेश गरेसँगै संसारभरका कुल करोडपतिको सङ्ख्या ६२ करोड ५० लाख पुगेको छ ।

मंगलबार सार्वजनिक भएको उक्त प्रतिवेदनका अनुसार गत वर्षको अन्त्यमा कुल विश्वव्यापी सम्पत्ति ९.८ प्रतिशतले बढेर ४६३.६ ट्रिलियन डलर (नेपाली रुपैयाँ ५९ पद्य ३३ नील) हुन पुगेको छ । गतवर्ष हाउसिङ र स्टक मार्केट आकाशिएका कारण करोडपति बन्नेहरुको सङ्ख्या वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी करोडपतिहरुको सङ्ख्या वृद्धि भएसँगै विश्वव्यापी रुपमा रहेको गरीबी पनि थोरै घटेको प्रतिवेदनले जनाएको छ । तर रुस–युक्रेन युद्ध लम्बिएसँगै चरम गरीबीको रेखामुनी रहनेको सङ्ख्या बढेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।