सन् नेपाल लाईफ छैटौं वर्षमा प्रवेश

0
Shares

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका एक हजार भन्दा बढी विद्यार्थीहरु माझ बीमा सम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।