यामाहा नेपालको अहिलेसम्मकै ठूलो सोरुम नक्सालमा खुल्यो

0
Shares

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज’ लिमिटेडले हालसम्मकै ठूलो यामाहा सोरुम सञ्चालनमा ल्याएको छ ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’अनुसार एमएडब्लूले नक्सालमा उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।

यामाहा मोटर इन्डिया गु्रपका प्रमुख इसिन चिहाना, यमाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिडेफुमी कवाई र एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार एक कार्यक्रममाझ सोरुमको संयुक्त उद्घाटन गरे । यो सोरुम नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधासम्पन्न सोरुम भएको कम्पनीले दाबी गरेको छ ।

‘यामाहाको ‘ग्लोबल मोटर स्पोर्टस् लिगेसी’लाई आत्मसात् गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानका रूपमा ‘ब्लु स्क्वायर’ सोरुमलाई लिइएको छ,’ कम्पनीले भनेको छ । यस सोरुममा छिटो सेवा प्रदान गरिनेछ ।

नेपालीहरूको महान् चाडपर्वका अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधासम्पन्न यामाहा सोरुम खोल्न पाउँदा निकै खुसी लागेको यामाहा नेपालका प्रमुख राजु क्षत्रीले बताए ।

स्थापनाकालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वधारहरूले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।