सिभिल बैंकद्धारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई अनुरोध

0
Shares

सिभिल बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।

कतिपय सेयरधनीले पाँच वर्षअघिदेखिको नगद लाभांश संकलन गर्न नआएपछि बैंकले सूचना जारी गरेर नै संकलन गर्न भनेको हो । सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश संकलन गर्नसक्ने बैंकले जनाएको छ ।नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स लिमिटेडका लिन बाँकी रहेको लाभांश बुझिलिन अनुरोध गरेको हो । बैंकले सम्बन्धित शेयरधनीहरुलाई विगत ५ वर्ष भन्दा पहिलादेखिको नगद लाभांश संकलन गर्न बाँकी रहेकाले उक्त लाभांशहरु बैंकको सेयर रजिष्ट्रार कार्यालय सिभिल क्यापिटल मार्केट लि।को कार्यालय सिभिल ट्रेड सुन्धारा काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै ३० दिनभित्र उक्त रकम भुक्तानी नभएको खण्डमा सो लाभांश रकम कम्पनी ऐन अनुसार लगानीकर्ता सुरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ । तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।