सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

0
Shares

सिद्धार्थ बैंकले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन।

उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा वोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गर्दै बैंकद्धारा हस्तान्तरण गरीएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको बारेमा बैंक संचालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराउँदै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।