सानिमा ‘थ्री इन वान’ खातामा सि–आस्वा तथा मेरो सेयर सुविधा थप

0
Shares

सानिमा बैंक (SANIMA) ले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सि–आस्वा र मेरो शेयरको आवेदन पनि दिन सकिने बैंकले जनाएको छ ।

साथै, ‘थ्री इन वान’ पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सि–आस्वा तथा मेरो सेयरको सुविधा लिन सक्ने बैंकको भनाई छ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् ।

यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट ‘थ्री इन वान’ एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ आइपिओ मार्फत् सेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा ‘थ्री इन वान’ खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको बैंकले जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम सञ्जालहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।