सिद्धार्थ बैंकको थप तीन शाखा विस्तार, शाखा सञ्जाल १९३ पुग्यो

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेट, ललितपुर स्थित भैंसेपाटी र लुभूमा गरी उपत्यकाभित्र थप तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुयाउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरु विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखा रहित बैंकिङ्ग), एटिएम, पिओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजि बैंक पोर्टल मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस्तै डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।