सानिमा बैंक र पिसीएफबीच साझेदारी

0
Shares

सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ ।

पिसीएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।

पिसीएफमा विश्वभर छ वटा महादेशका ३ सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने कुरा बताए ।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।